श्री पुनर्वास जनता माध्यमिक विद्यालय

श्री पुनर्वास जनता मा.वि. कञ्चनपुर जिल्लाको पुनर्वास न.पा. वडा नं.६ स्थित टाउन बजारको दक्षिणमा अवस्थित यस क्षेत्रको सबैभन्दा जेठो मा.वि. हो । यस विद्यालयको स्थापना वि.सं. २०३३ साल पौष १० गते तत्कालीन नेपाल पुनर्वास योजना कार्यालयका प्रमुख बुद्धि बहादुर बुढाथोकी ज्यूको पहल र सक्रियतामा भएको थियो । स्थापनाका आधारमा कञ्चनपुर जिल्लाको तेस्रो यस विद्यालयमा सुरुमा कक्षा ८ देखी १० सम्म पढाइ भइरहेको यस विद्यालयमा वि.सं. २०३९ सालदेखि ६ र ७ का कक्षाहरु सञ्चालन भएका थिए भने वि.सं. २०४० सालदेखि स्थानीय अभिभावकहरुको सक्रियतामा प्रा.वि. तह स्थापना भएको थियो । प्रा.वि. तहको पठन—पाठन सुरुदेखि टहरोमा हुँदै आइरहेकोमा वि.सं. २०४५ सालमा नेपाल पुनर्वास कम्पनीले विद्यालयलाई एउटा चारकोठे पक्की भवन निर्माण गरिदिएको थियो । विद्यालयको औपचारिक स्थापना स्वर्गवासी राजा श्री ५ वीरेन्द्रको जन्मोत्सवको दिन पर्ने भएकोले यस विद्यालयको बार्षिकोत्सव समारोह पौष १४ गते हुने गरेको छ । वि.सं. २०३४ सालमा स्थानीय अभिभावक र विभिन्न संघ संस्थाको सहयोगमा ५ कोठे भवन निर्माण भएको थियो । उक्त भवन संगै जोडेर २ कोठे भवन तत्कालिन जिल्ला पञ्चायत कञ्चनपुरले निर्माण गरिदिएको थियो । २०४९ सालमा विद्यालयले आफ्नै श्रोतबाट चार कोठे भवन तयार पारेपछि मात्र यस विद्यालयमा कक्षा १—१० सम्मका कक्षाहरु सञ्चालन गर्न सहज भएको थियो । विद्यालयमा कार्यरत शिक्षकज्यूहरु, स्थानीय अभिभावकहरु र चन्दादाताहरुको सहयोगमा यस विद्यालयले वि.सं. २०५० सालदेखी कक्षा ११ र १२ को समेत पठन पाठन गर्दै आइरहेको छ ।

सहायताको लागि हामीलाई कल गर्नुहोस्

०९९-५६०१०२

श्री पुनर्वास जनता माध्यमिक विद्यालय
श्री पुनर्वास जनता माध्यमिक विद्यालय
श्री पुनर्वास जनता माध्यमिक विद्यालय

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

विज्ञापन

प्रकाशित: Sunday, 19 Oct 2025

परीक्षा सम्बन्धमा

प्रकाशित: Friday, 17 Oct 2025

विदा सम्बन्धमा

प्रकाशित: Friday, 26 Sep 2025

शोक बिदा सम्बन्धमा

प्रकाशित: Tuesday, 09 Sep 2025

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।